कुरा गर्दा गर्दै निदाउँछन् यहाँका सबै मानिस, वैज्ञानिक नै चकित !

काठमाडौं । मानिसहरुलाई निन्द्रा लाग्नु र थकाइका कारण झुल्नु स्वभाविक कुरा हो । तर गाउँका सबै जना नै कुरा गर्दा गर्दै निदाउँछन् भन्दा तपाईलाई कस्तो लाग्ला ? काजिकिस्तानको एउटा गाउँमा मानिसहरु कुरा गर्दा गर्दै निदाउँछन् ।

यस बारेमा वैज्ञानिकहरु नै अचम्ममा परेका छन् । काजिकिस्तानको कलाची गाउँका मानिसहरु जुन बेला पनि निदाउँन सक्दछन् ।

अचम्मको कुरा त के छ भने त्यहाँका मानिसहरु सुतेर उठ्दा सबै कुरा बिर्सिन्छन् । कलाची गाउँको यो रहस्य पहिलो पटक सन् २०१० मा पत्ता लागेको थियो ।

त्यो समयमा केहि बच्चाहरु अचानक स्कुलमा सुतेको खबर बाहिर आएको थियो । वैज्ञानिकहरुका अनुसार यस्तो कारण जान्ने जति प्रयास गरेपनि नसकेको बताएका छन् ।

केहि अनुसन्धान कर्ताहरुले अचानक निन्द्रा लागेर सुत्नुको पछाडि स्लीपिंग डिसअर्डर रहेको बताएका छन् । कलाची गाउँमा युरेनियमका धेरै खानीहरु रहेका छन् ।

युरेनियमबाट निस्किने ग्यासहरुले शरिरमा असर गरेको कारण यस्तो भएको हुनसक्ने कतिपयको बुझाई रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?