खेतमा भेटिए यति धेरै नोट !

काठमाडौं । यदि तपाईले खेतमा पैसा भेट्नु भयो भने के गर्नुहुन्छ ? यस्तै धेरै पैसा भारतको कुशीनगरमा खेतमा भेटिएको छ ।

सीताराम नाम गरेका व्यक्तिले आफ्नो खेतमा ५ सय, एक हजार र दुई हजार रुपैयाँका धेरै बन्डल नोट आफ्नो खेतमा भेटेका छन् ।

उनले एउटा कपडा खेतमा देखेका थिए । पछि कपडा खोलेर हेर्दा त्यति धेरै पैसा देखेपछि उनी आफैँ चकित भए ।

यो घटना पछि उनले पुलिसलाई यसको बारेमा जानकारी गराएका थिए । अहिले उक्त नोटको श्रोत खोजीकार्य भईरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?