युवतीको कमाल : १८ सेकेण्डमा सम्झिन सक्छिन् ५ हजार अंक !

काठमाडौं । हामी सय पटक भन्दा पछि केहि कुरालाई याद गर्न सकिरहेका हुँदैनौँ । तर संसारमा यस्ता पनि मानिस छन्, जसले क्षणभरमै हजारौँ शब्दहरु स्मरण गर्न सक्छन् ।

यस्तै एक अद्भूत क्षमताकी युवतीको चर्चा अहिले सोसल मिडियामा अत्याधिक भईरहेको छ । उत्तर कोरियाकी २२ वर्षीया युवतीको यो क्षमताले सारा विश्व नै लालयित बनेको छ । उनको नाम पांग उन सिम रहेको बताइएको छ ।

उनी १८ सेकेण्डमा ५ हजार भन्दा धेरै अंक स्मरण गर्न सक्छिन् । गत वर्ष पहिलो पटक उत्तर कोरिया मेमोरी च्याम्पियनशिपमा सहभागी बनेको थियो ।

Pang Sim

पांगले आफ्नो देशको प्रतिनिधित्व गरेकी थिइन् । जसमा टीमले ७ स्वर्ण, ७ रजत र ५ काँस्य पदक पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?