कति साल पुरानो हो सेल्फीको इतिहास ? यस्तो छ रोचक पाटो !

काठमाडौं । आजको समयमा सेल्फीको क्रेज जताततै छ । विकसित मोवाइल फोनको क्यामेराबा सेल्फी लिइन्छ ।

ब्लैक मकाऊ

अझ अहिले त क्यामेराको क्वालिटी पनि राम्रो बन्दै आएको छ । तर के तपाईलाई सेल्फीको इतिहासको बारेमा थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।

प्रतीकात्मक तस्वीर

संसारको सबेभन्दा पहिलो सेल्फी १८५० मा खिचिएको थियो । यो सेल्फी स्विडिश आर्ट फोटोग्राफर अस्कर रेजलेण्डरको हो ।

यो सेल्फी ७० हजार पाउण्डमा बिक्री भएको थियो । एक दाबीका अनुसार संसारमा सबैभन्दा पहिलो सेल्फी १८३९ मा खिचिएको थियो । अमेरिकी फोटोग्राफर रोबर्ट कोरनेलियसले यो सेल्फी खिचेका थिए ।

प्रतीकात्मक तस्वीर

उनले आफ्नो क्यामेराबाट फोटो खिच्ने कोशिस गरेका थिए । मोवाइल फोनबाट आफैँले खिचेको फोटोलाई सेल्फी भनिन्छ ।

पहिलो पटक सेल्फी शब्दको प्रयोग अष्ट्रेलियाली वेबसाइट फोरम एबीसी अनलाइनले १३ सेप्टेम्बर २००२ मा गरेको थियो ।

प्रतीकात्मक तस्वीर

टाइम म्याग्जिनले २०१२ मा १० मुल शब्दमा यसलाई स्थान दिएको थियो । अक्सफोर्ड शब्दकोशले २०१३ मा वर्ड अफ दि इयर घोषणा गरेको थियो । सेल्फी लिने शुरुवात विशेष गरेर २०११ बाट भएको थियो ।

जब एक मकाउ प्रजातिको बाँदरले इण्डोनेशियामा ब्रिटिश वन्यजीव फोटोग्राफर डेविड स्टालरको क्यामेराको बटन दबाएर सेल्फी खिचेको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?