एउटा यस्तो देश जहाँ दीपावलीमा कुकुरको पूजा हुन्छ !

काठमाडौं । दीपावली पाँच दिन मनाइन्छ । काग तिहारबाट शुरु भएर कुकुर तिहार, लक्ष्मी पूजा, गाई, गोरु पूजा र भाइटीका ।

दीपावलीमा मानिसहरु विशेष गरेर लक्ष्मी र गणेशको पूजा गर्छन् । भाईटीका लगाउँछन् । तर नेपालमा भने दिपावली मनाउने अन्य देशको संस्कृति भन्दा फरक छ । नेपालमा दीपावलीको दोश्रो दिन कुकुरको पूजा गरेर मनाइन्छ ।

यमराजसँग सम्बन्धीत भएकोले कुकुरको पनि पूजा गरिएको हो । अन्य देशमा नयाँ कपडा लगाएर र दीप बालेर दीपावली मनाइन्छ । तर नेपालमा ५ दिनमा पहिलो दिन काग, दोश्रो दिन कुकुर, तेश्रो दिन लक्ष्मी, चौथो दिन गाई गोरु र पाचौँ दिन भाई तिहार मनाउने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?