यो देशमा सम्हालेर राखिन्छ नवजात शिशुको गर्भनाल, कुन देशमा कस्तो परम्परा ?

काठमाडौं । बच्चाको जन्म भएका बेला सबै खुशी हुन्छन् । खुशी मनाउने चलन आ आफ्नो ठाउँमा फरक फरक चलन हुन्छ ।

संसारका विभिन्न समुदायमा बच्चा जन्मेको खुशीयालीमा अनौठो तरिकाले खुशीयाली मनाइने गरिन्छ ।

 

यस्तै एउटा परम्पराको बारेमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ । चीनमा बच्चाको जन्म भएपछि ३० दिनसम्म आमालाई परिवारबाट टाढा बस्नुपर्ने हुन्छ ।

प्रतीकात्मक तस्वीर

यो ३० दिनसम्म आमा घरबाट निस्किन सक्दिनन् । साथै फल पनि खान पाईदैन । साथै आमालाई नुहाउन पनि मनाही छ ।

प्रतीकात्मक तस्वीर

चिनियाँ भाषामा यसलाई ज्यो यूएजी भनिन्छ । यो परम्परा चीनमा २ हजार वर्ष पुरानो हो ।

त्यस्तै इण्डोनेशियाको द्वीप बालीमा पनि बच्चाको जन्म पछि ३ महिनासम्म जमीन छुन दिइदैँन । साथै यो समयावधिसम्म काखमै राख्नुपर्छ ।

प्रतीकात्मक तस्वीर

त्यस्तै नाइजेरिया र घानामा पनि गर्भनाललाई लिएर शोक मनाइन्छ । अफ्रीकन देशमा प्लेसेन्टा अर्थात् गर्भनाललाई बच्चाको जोडी भनेर मान्ने गरिन्छ ।

साथै नियमसहित गाड्ने गरिन्छ । साथै त्यो रुखमुनि मात्र गाड्न सकिन्छ । जापानमा पनि बच्चाको गर्भनाललाई धेरै महत्व दिइन्छ ।

प्रतीकात्मक तस्वीर

त्यहाँ गर्भनाल आमासँग जोडिएको प्रतिकका रुपमा हेर्ने गरिन्छ । त्यसैले त्यहाँ बच्चा जन्मिएपछि हुने गर्भनाल एक डिब्बामा सजाएर राखिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?