विश्वकै डरलाग्दो जंगल, छेउमा जाँदा मात्रै पनि मानिस हुन्छन् बेपत्ता !

एजेन्सी । वन-जंगल र त्यस भित्रको हरियाली हामी सबैलाई मन पर्छ नै । तर जंगलहरुमा जान हामीलाई डर लाग्छ । यहाँका मानिसहरुका अनुसार यो जंगलमा मानिसहरु रहस्मयी तरिकाले गायब हुने गर्छन् ।

यो जंगल रोमानियाको ट्रान्सल्वेनिया प्रान्तको यानि क्लुज काउन्टीमा रहेको छ । यो ठाउँ नेपोका शहरको पश्चिममा पर्छ । यो जंगल लगभग ७ सय एकड क्षेत्रफलमा फैलिएको छ ।

यो जंगलमा अहिलेसम्म सय भन्दा धेरै मानिसहरु हराएका छन् । यो जंगलको नाम हो होया बस्यु हो । यो जंगललाई विश्वकै सबैभन्दा डरलाग्दो जंगलमध्येको एक हो ।

यहाँ बिभिन्न अनौठा र रहस्यमय घटनाहरु हुने गर्छन् । त्यसैले यो जंगललाई रोमानिया तथा ट्रान्सल्वेनियाको बर्मुडा ट्रायङ्गल भन्ने गरिन्छ ।

यो जंगलका रुखहरु एकदमै बाङ्गा छन् । यहाँका मनिसहरु यो जंगलको नजिकै जाँदा पनि रहस्मय तरिकाले मानिसहरु बेपत्ता हुने गरेको बताउँछन् ।

पहिलोपटक यो जंगलमा एक चौँरी र २ सय भेडा रहस्मयि तरिकाले हराएका थिए । त्यो बेला देखि नै यो जंगल चर्चामा आउन थालेको हो ।

उक्त कुरा किम्वदन्तीमा उल्लेख गरिएको छ । त्यसकै केहि वर्ष पछि एक शैन्य टेकनिशियनले जंगलमा उडिरहेको मानिस जस्तै जीव रहेको पत्ता लगाएको थियो ।

सन् १९६८ मा एमिल बरनिया नाम गरेका एक व्यक्तिले आकाशमा अलौकिक शरिर देखेको बताएका थिए । त्यहाँ घुम्न गएका केहि पर्यटकहरु पनि अचानक बेपत्ता भएका थिए ।

स्थानीयहरुका अनुसार जंगलमा अचम्मका स्वर बजिराख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?