मनपर्ने खानेकुराको नाम लिने बित्तिकै निको भए ६२ दिनसम्म कोमामा रहेका यी व्यक्ति !

काठमाडौं । ताइवानमा एउटा अनौठो घटना भएको छ ।

त्यहाँका १८ वर्षीय चियू नाम गरेका युवक ६२ दिनसम्म कोमामा थिए । जब उनका दाईले उनलाई मन पर्ने खानेकुराको नाम लिए तब उनी जुरुक्क उठे ।

उत्तरी पश्चिमी ताईवान निबासी उनको जुलाईमा स्कूटर दुर्घटना भएको थियो । जसका कारण उनी कोमामा गएका थिए । उनलाई गम्भीर स्थितीमा अस्पताल लगिएको थियो । उनी दुई महिना भन्दा धेरै समय कोमामा नै रहे ।

उनका दाईले उनको अगाडि गएर भने, भाई मैले तिमीलाई मन पर्ने खानेकुरा चिकन फिलेट ल्याको छु भनेका थिए । त्यसपछि उनी तत्काल उठे । त्यसपछि उनी निको पनि भए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?