कहिल्यै विवाह नगर्ने कसम खाएकी महिलाले गरिन् लकडाउनमा विवाह !

काठमाडौं । भनिन्छ, प्रेममा कुनै उमेरको सीमा हुँदैन । यसको उदाहरण हालै मात्र भारतको मुम्बईमा देखिएको छ ।

एक पटक प्रेममा धोका खाएपछि कहिल्यै विवाह गर्दिन भनेर कसम खाएकी महिलाले लकडाउनमा विवाह गरेकी छन् । तर लकडाउनमा उनलाई एक्लोपनले यति धेरै सतायो की उनी विवाह नगरी बस्न सकिनन् ।

अन्तिममा गएर उनले आफ्ना सबै कसम तोड्दै ६६ वर्षका वृद्धसँग विवाह गरिन् ।

सञ्जना नाम गरेकी ति महिला ४४ वर्षकी छन् भने उनका श्रीमान माधव पाटिल ६६ वर्षका छन् । उनीहरुले तीन महिनासम्म एकअर्कालाई डेटिङ गरेपछि विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?