खन्ने क्रममा भेटिए ६०० वटा बहुमूल्य मुगलकालीन सिक्का !

काठमाडौं । भारतमा मुगलदेखि अंग्रेज शासकहरुले समेत राज गरेका छन् । त्यसैले उनीहरुले छोडेर गएका निशानीहरु अझै पनि भारतमा रहि रहेका छन् ।

झारखण्डको पलामु जिल्लामा मुगल साम्राज्य बेलाका बहुमूल्य खजाना भेटिएका छन् । उक्त खजाना खन्ने क्रममा भेटिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त ठाउँमा श्रमीकहरुले काम गर्ने क्रममा अचानक एक धातुको घैँटो भेटेका थिए । त्यसलाई निकालेर हेर्दा त्यस भित्र बहुमूल्य मुगलकालका सिक्काहरु रहेको बताइएको छ ।

उक्त सिक्काहरु ६०० वटा रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त सिक्कामा मुगल भाषामा लेखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?