काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र देखिएको विवाद समाधानको प्रयासस्वरुप बालुवाटारमा नेताहरुसँग छलफल शुरु गरेका छन् ।
आइतवार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेताहरुलाई बालुवाटार बोलाएर छलफल शुरु गरेको स्रोतले जनाएको छ । बैठकमा वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लगायत सहभागी छन् ।
ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढ्दै गएपछि गुटगत भेलाहरु बढिरहेका छन् । शुक्रवार प्रचण्डले आफू निकटका सचिवालय सदस्यहरुसँग भेला गरेका थिए । त्यस्तै शनिवार दिउँसो उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताहरुले विवाद समाधानको प्रयासस्वरुप छलफल गरेका थिए ।
यसअघि शनिबारमात्रै प्रचण्ड र नेता नेपालसहित पाँचजना सचिवालय सदस्यले बैठक बोलाउन लिखित पत्र ओलीलाई बुझाएका थिए ।
त्यसक्रमा ओली र प्रचण्सहितका नेताहरुबीच सवाल जवाफ भएको थियो । प्रचण्डसँग यस्तो सवाल जवाफ भएको भोलिपल्ट नेता नेपालसँग ओलीले भेट गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया