भारी मतले चुनाव जित्दै अमेरिकामा मेयर बन्यो कुकुर

काठमाडौं । अमेरिकामा मेयर पदका लागि चुनाव लडेको कुकुर भारी मतले विजयी भएको छ । अमेरिकाको शहर र्याबिट हासमा विल्वर बीस्ट नामक कुकुर मेयर बनेको हो ।

त्यहाँका स्थानीयले कुकुरलाई भारी मतले जिताएका छन् । उसले १३ हजार १४३ मतले चुनाव जितेको हो ।

१९९० देखि त्यहाँ कुकुरलाई मेयर बनाइँदै आइएको छ । त्यहाँ २२ हजार ९८५ भोटमध्ये १३ हजार १४३ भोट र्याबिटले पाएको हो ।

त्यस्तै १२ वर्षीय बोर्डर कोलीलाई शहरको राजदूतको रुपमा नियुक्त भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?