प्रेग्नेन्ट महिलाको गर्भबाटै बच्चा चोरी भएपछि…

काठमाडौं । तपाईले चोरी भएका रोचक घटनाहरु त सुन्नु भएकै होला । आज हामी एउटा त्यस्तै घटनाको बारेमा तपाईलाई जानकारी दिँदैछौँ ।

ब्रजिलकी एक २८ वर्षीया महिला रोजलबा ग्रिम्मलाई पुलिसले पक्राउ गरेको छ । उनले आफ्नी बेस्टफ्रेण्डलाई मारेर उनको बच्चा आफूले लिएको स्विकारेकी छन् ।

एक रिपोर्टक अनुसार २४ वर्षकी फ्लाविआ गोडिन्होसँग रोजलबा साथी बनेकी थिइन् । तर उनले जनवरीमा आफ्नो बच्चा गुमाइन् ।

जसका कारण उनी दुख थिइन् । उनीहरु त्यउसपछि साथी बनेका थिए । तर २७ अगस्टमा एउटा अनौठो र घृणित घटना भयो ।

एक फंक्सनमा फ्लाविआलाई बोलाइयो र उनको हत्या गरेर बच्चा फलाविआले लिइन् । फ्लाविआलाई मारेपछि तत्काल उनले बच्चालाई उनको पेट काटेर बाहिर निकालेको पुलिसले बताएको छ ।

त्यसपछि बच्चाको स्वास्थ्य बिग्रिएपछि उनी डाक्टर कहाँ गईन् । तर डाक्टरले भने उनीमाथि शंका गर्दै अर्को एक्शन लिए ।

डाक्टरले पुलिसलाई फोन गरे र रोजलबा त्यहीँबाट समातिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?