वृद्धसँग विवाह भएको २२ दिन पछि १७ वर्षीया किशोरीले गरिन् सम्बन्ध बिच्छेद !

काठमाडौं । पछिल्ला केहि दिन यता सोसल मिडियामा एक नवविवाहित जोडीको फोटो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल नवविवाहित जोडी इण्डोनेशियाका रहेका छन् ।

त्यहाँ ७८ वर्षीया वृद्ध (आबा सार्ना) सँग १७ वर्षीया युवती (नोनीनभिता) को विवाह भएको थियो । तर उनीहरुको विवाह भएको २२ दिनपछि सम्बन्ध बिच्छेद भएको छ । समाचारका अनुसार बेहुलीमाथि एक गम्भीर आरोप लगाइएको छ ।

जसका कारण श्रीमानले सम्बन्ध बिच्छेदको फैसला लिएका थिए । श्रीमानले विवाहका बेला बेहुलीलाई ५० हजार रुपैयाँ, एक मोटरसाइकल र सोफाहरु पठाएका थिए ।

त्यस्तै बेहुलीको तर्फबाट पनि विवाहमा धेरै रकम दिइएको थियो । तर त्यो रकम गायब भएको बताइएको छ । जसको आरोप बेहुलीमाथि लागेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?