रक्सीले मातेका युवकलाई टोक्नु नै सर्पका लागि घातक सिद्ध भयो !

काठमाडौं । मानिसहरु अनौठा र उदेकलाग्दा कामहरु गर्न पछि पर्दैनन् ।

कुनै बखत केहि मानिसले यस्ता पनि काम गर्छन् कि, जसको बारेमा मानिस सोच्न पनि सक्दैन । लोकपथ डटकमले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारेर यहाँ प्रस्तुत गरिएको समाग्री पढेपछि तपाई अचम्मित पर्नुहुनेछ ।

पक्कै पनि तपाईलाई सर्प देखेर डर लाग्छ होला । कुनै तस्वीरमा देखिएको सर्पको फोटोले समेत मानिसलाई तर्साउँछ ।

अझ त्यसले टोकेमा के होला ? हामी त्यसको कल्पना समेत गर्न सक्दैनौँ ।

तर एक युवकले नशामा सर्पको साथमा गरेको कार्यले तपाईलाई अनौठो भान दिलाउँछ ।

सर्पले एक युवकलाई टोकेको थियो । उक्त युवक नशामा मदहोसमा थिए । सर्पले टोकेपछि ति युवकले सर्पलाई नै काटेर टुक्रा-टुक्रा बनाइदिए ।

यो घटना भारतको उत्तर प्रदेशको एटा जिल्लाको हो । पछि ति युवकलाई भने अस्पताल लगिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?