सकियो महत्वपूर्ण मानिएको ओली प्रचण्डको भेटघाट, मिल्यो त कुरो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीचको भेटघाट सकिएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै तीन घण्टा चलेको बैठक बिना निष्कर्ष सकिएको स्रोतले जनाएको छ । अध्यक्षद्वयको टकरावले आन्तरिक किचलो चरम बिन्दुमा पुगी पार्टी फुटको अवस्थामा पुगेका बेला भएको भेटघाटलाई महत्वपूर्ण मानिएको थियो ।

यसअघि हिजो (बुधवार) भेटघाट गर्ने भनिएपनि अन्तिम अवस्थामा भेटघाट हुन सकेको थिएन् । विभिन्न नियुक्तीमा पार्टीको निर्णय नमानेको भन्दै असन्तुष्ट रहेको प्रचण्ड पक्ष एकाएक कर्णाली प्रदेश मुख्यमन्त्री विवादपछि रुष्टिएको थियो । त्यसैबीचमा प्रधानमन्त्री ओलीको रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटघाटले थप विवादलाई उचाइमा पुर्याएको थियो ।

प्रचण्डसँग भेट्नुअघि ओली मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए । बैठकमा ओलीले मुलुकमा राजनीतिक संकट बढेकाले थप जटिल अवस्था आउन सक्ने संकेत गर्दै सचेत रहन मन्त्रिहरुलाई आग्रह गरेका थिए । भने पार्टीभित्रैबाट राजिनामाको कुरा आइरहे पनि आफूले कुनै पनि हालतमा राजिनामा नदिने दोहोर्याएका थिए ।

यस अघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?\

प्रधानमन्त्री ओलीले भने- ‘मुलुकमा राजनीतिक संकट देखियो, सचेत बनौँ’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?