ओलीलाई प्रचण्डको फोन, के भयो कुराकानी ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच फोनवार्ता भएको छ ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटका लागि समय माग गरेका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार ओली प्रचण्डबीच भोलि (बुधवार) बिहान साढे ९ बजे भेट्न कार्यक्रम तय भएको छ ।

यसअघि सचिवालय बैठक बोलाउन प्रचण्डले गरेको प्रस्ताव ओलीले ठाडै अविस्कार गरेपछि पार्टीको विवादले फुटको स्थिती निम्त्याउने आंकलन गरिएका बेला दुई अध्यक्षबीच भोली बिहान भेट हुन लागेको हो ।

यो पनि पढ्नुहोस्

सत्तारुढ नेकपा विवाद स् के घुर्कि लगाएर ‘पावर’मा रहन चाहन्छन् प्रचण्ड ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?