काठमाडौं । संघीय सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमित विश्वकर्माको स्वास्थ्य अवस्था थप जटिल भइ भेन्टिलेटरमा राखि उपचार भइरहेकोमा मंगलवार स्वास्थ्यमा थप सुधार आएको उनी निकट स्रोतले जनाएको छ ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि काठमाडौंको धापासिस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी विश्वकर्माको उपचार भइरहेको छ ।
गत कार्तिक १ गते कोरोना पुष्टि भएका विश्वकर्मामा फोक्सोमा समस्या र निमोनिया समेत देखिएको थियो ।
कोरोना पुष्टि भएसँगै नेता विश्वकर्मा केहीदिन होम आइसोलेसनमा बसेका थिए । तीन दिन वीर अस्पतालमा उपचारपछि थप उपचारका लागि ग्राण्डी लगिएको थियो ।
विगत ६ दिनदेखि होसमा नभएका उनको होस आएको र स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
यो पनि
कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य अवस्था थप जटिल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया