२०७४, ११ आश्विन बुधबार १६:३९

ट्राफिक नियम सिकाउन कुकुरको प्रयोग


प्रकाशित मिति : २०७४, ११ आश्विन बुधबार १६:३९

हामीकहाँ चालकहरुलाई ट्राफिक नियम पालना गराउन ट्राफिक पुलिसलाई नै हम्मेहम्मे पर्दछ । तर, यहाँ पुलिस होइन कि एउटा कुकुर नै मान्छेहरुलाई नियम पालना गराउन काफी भएको छ ।   खबर भारतको बैंगलोरको हो । त्यहाँ मानिसहरुलाई ट्राफिक नियम पालना गराउने जिम्मा एउटा लाब्राडोर नश्लको कुकुरले लिएको छ । कुकुरको नाम हो, हनी । यसले सडकमा बसेर ट्राफिक नियम नमान्ने मानिसहरुलाई सबक सिकाउँदछ । यसले बाइक चलाउँदा हेलमेट नलगाउने मानिसलाई भुकेर थर्काउँछ । साथै ड्राइभिङ गर्दा सिटबेल्ट नबाँध्ने मानिसहरुलाई पनि यसले भुकेरै सचेत बनाउँदछ । यो कुकुर वास्तवमा सेलिब्रेटी नै हो । फिल्ममा पनि यसले अभिनय गरिसकेको छ । एउटा शर्ट फिल्ममा यो कुकुरले अभिनय गरिसकेको छ ।   अनलाईनखबर बाट

प्रतिक्रिया दिनुहोस