अनौठो जब : सरसफाई गरेर ३० घण्टामा कमाउन सकिन्छ ३० लाख रुपैयाँ

काठमाडौं । ३० लाख कमाउन कसैलाई जीवनभर लाग्छ । तर आज हामी तपाईलाई ३० घण्टामै ३० लाख कमाउने जागिरको बारेमा जानकारी दिँदैछौँ ।

यो हैरान बनाउने जागिर बेलायतको रोयल फ्यामीली अर्थात् शाही परिवारको तर्फबाट आएको हो । तपाईलाई विश्वास नलाग्न सक्छ तर यो सत्य हो ।

उनीहरुले अफिशियल वेबसाइटमा क्लीनरको जब भ्याकेन्सी निकालेका हुन् । यो जबमका तपाईले मात्र सोमवारदेखि आईतवारसम्म कूल ३० घण्टा काम गर्नुपर्छ ।

यसमा तपाईलाई शाही परिवारले ३० लाख ४ हजार रुपैयाँ दिनेछ । यो काम महारानी एलिजाबेथ र प्रिन्स फिलिपको घरमा गर्नुपर्नेछ ।

अहिले त्यहाँ ९४ जना रहेका छन् । अब एक जना थपिएपछि काम गर्ने ९५ जना हुनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?