फ्रान्स र रुसपछि काठमाडौंमा छुरा प्रहार गरी हत्या

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।
धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता कुबेर कडायतले महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नाका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिए । रासस

फ्रान्सपछि रुसमा ‘अल्लाहू अकबर’ भन्दै पुलिसमाथि हमला, १६ वर्षीय युवकको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?