फ्रान्सपछि रुसमा ‘अल्लाहू अकबर’ भन्दै पुलिसमाथि हमला, १६ वर्षीय युवकको मृत्यु

काठमाडौं । फ्रान्स र साउदी अरब पछि रुसमा हमला भएको छ ।

त्यहाँ एक १६ वर्षीय युवकले अल्लाहू अकबर को नारा लगाउँदै पुलिसमाथि आक्रमण गरेका छन् । पुलिसमाथि उनले ३ पटक चक्कुले हमला गरेका छन् ।

पुलिसमाथि आक्रमण गरेपछि पुलिसले गोली हान्दा उनको घटना स्थलमै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

रुसी न्यूज एजेन्सी इन्टर फ्याक्सका अनुसार युवक पेट्रोल बम र चक्कु लिएर आएका थिए । यो घटना रुसको कुक्मोर शहरको हो ।

युवक पुलिस स्टेशनमा आगो लगाउन भन्दै त्यहाँ आएका थिए । जब पुलिसले रोक्न खोज्यो तब, उनले पुलिसमाथि नै हमला गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?