यी व्यक्तिले लग्जरी कारमा लगाए आगो, क्याप्शन लेखे यस्तो !

काठमाडौं । हरेक दिन हामी सामाजिक सञ्जालहरुमा विभिन्न अनौठा अनौठा भिडियोहरु देख्ने गर्दछौँ ।

अहिले एउटा त्यस्तै भिडियो यूट्यूबमा अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो देखेर हर कोहि मानिस हैरान बनेका छन् ।

यी युट्यूबरलाई मिसा भनेर चिन्ने गरिन्छ । उनका धेरै फलोअर्स छन् । उनको च्यानलमा ५० लाख सब्सक्राइबर्स छन् ।

यी व्यक्तिले आफ्नो १ लाख ५० हजार डलरको मर्सिडिज कार जलाएर ट्रेन्डिङ टपिक बनाएका छन् ।

यी रुसी यूट्यूबरले आफ्नो एक मर्सिडिज कार जलाएर नष्ट गरेका छन् । यो भिडियो उनले २४ अक्टोबरमा शेयर गरेका थिए ।

car13.jpg

उनले क्याप्शनमा मैले धेरै सोचेँ कि, ‘म यो कारलाई करी नष्ट गरौँ, त्यसपछि ममा एउटामात्र विकल्प आयो आगो लगाउने, तर म खुशी छैन ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?