थप ११ जनाको मृत्यु, काठमाडौंमा आज कति थपिए संक्रमित ?

काठमाडौं । काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भएको ८ हजार २ सय ४८ पीसीआर नमुना परीक्षणमा काठमाडौंका ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ९८१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ रहेको छ । यो कुल संक्रमितको ७५ प्रतिशत हो ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ८८९ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ । त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या ७ हजार ७०९ रहेको छ भने होम आइसोलेसनमा रहनेको संख्या ३१ हजार ९३४ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?