काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा कमारा विकमाथि भएको सांघातिक हमलाबारे अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई पक्राउ गरेको छ ।
उपमहानगरको वडा नम्बर ११ स्थित नवलपुर निवासी ४५ वर्षीय विकमाथि तुलसीपुर– १० गोलौरीमा अपरिचित समूहले सांघातिक हमला गरेको थियो ।
उनको एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरि अस्पताल पुर्याएको थियो । विकको दुबै हातमा पनि धारिलो हतियारले काटेको गहिरो घाउ लागेको छ ।
सोही घटना अनुसन्धान गर्नको लागि गोलौरी आसपासका ३३ जना युवाहरुलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।
‘पक्राउ परेकाहरुमाथि सोधपुछ र अनुसन्धान जारी छ,’ डिएसपी सिंहले भने, ‘रातको समयमा सोही गाउँका युवाहरुका बीचमा पनि आपसमा झडप भएको खुल्न आएको छ ।’
घाइते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि गएराति थप उपचारका लागि बाँके रिफर गरिएको थियो । घाइतेलाई त्यहाँबाट पनि उपचारका लागि भारतको लखनउतर्फ लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया