ट्रेनमा भेटियो १.५ करोड रुपैयाँको सुन

काठमाडौं । यात्राको बेला कहिले काही हामी आफ्ना सामानहरु बिर्सिएर जाने गरेका हौँला । यस्तै एउटा घटना स्विट्जरल्याण्डमा पनि भएको छ ।

सीएनएनको एक रिपोर्टका अनुसार अक्टुबर २०१९ मा स्विट्जरल्याण्डको उत्तरी इलाकास्थित गलेनको ट्रेनमा सुनको बिस्कुटले भरिएको झोला भेटिएको थियो ।

ब्यागमा हेर्दै जाँदा १ लाख ९१ हजार डलर मूल्यको सुन पाइएको थियो ।

रेल्वे अधिकारीले त्यसपछि ल्युसर्न शहरका पुलिस अधिकारीलाई उक्त सुन जिम्मा लगाएका थिए । तर अहिलेसम्म उक्त सुन कसले लिएर हिँडेको थियो भन्ने कुरा खुल्न सकेको छैन ।

मानिस पत्ता लगाउनको लागि पुलिसले पत्रिकामा समेत विज्ञापन छपाएको थियो । पुलिसले अनुसन्धानमा चोरी भएको हुन सक्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?