काठमाडौं । जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ परेका छन । बुधवार विहान ३ वजेतिर जयपृथ्वी नगरपालिका वडा ४ गोलाईवाट वडा अध्यक्ष सहित १० जना पक्राउ परेका हुन ।
पक्राउ परेका वडाध्यक्ष खाती नेपाली काँगे्रसबाट निर्वाचित भएका थिए । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गगन बहादुर खाती, कुम्भराज उपाध्याय, दिपक बहादुर वड, नरेन्द्रराज उपाध्याय, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, रतनलाल रताला, उमेश राज जोशी, सन्तोष जोशीलाई विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा जुवा खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।
जुवाखालबाट ७० हजार ७ सय ३० रुपैँया बरामद भएको र पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया