बाँदर निल्ने चक्करमा मर्यो अजिङ्गर !

काठमाडौं । एक विशाल अजिङ्गगरले बाँदरको शिकार गर्नुको मूल्य आफ्नो ज्यान दिएर चुकाउनु परेको छ ।

बाँदर निल्ने चक्करमा अजिङ्गरको मृत्यु भएको छ । बाँदरलाई आधा मात्र निलेको अजिङ्गरको अचानक मृत्यु भएको हो ।

यो घटना भारतको राजस्थानस्थित माउण्ट आबूको गाउँ हेटमको रहेको छ । स्थानीयले उक्त जानकारी वन विभागलाई दिएपछि यो तथ्य बाहिर आएको हो ।

कसरी भयो मृत्यु ?

क्षेत्रीय वन अधिकारी महेन्द्र कुमा सक्सेनाले विशाल अजिङ्गरले बाँदर निल्न खोज्दा श्वासप्रश्वासमा समस्या भएर मरेको हुनसक्ने बताएका छन् ।

उक्त घटनामा बाँदर र अजिङ्गर दुबैको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?