ड्रोनको सहयोगले बनाइदिए हेलिकप्टर, दुई जना एकसाथ गर्न मिल्छ यात्रा !

काठमाडौं । ट्राफिक जाममा पर्ने कुरा कसेलाई मन पर्दैन । बिस्तारै बिस्तारै बढीरहेको सवारी साधनका कारण ट्राफिक जाम अहिले धरै नै हुने गरेको छ ।

यहि समस्याबाट टाढा रहनको लागि एक व्यक्तिले अनौठो तरिका अपनाएका छन् । उनले घरमै आफ्नो हेलिकोप्टर बनाएका छन् । यो घटना चीनको हो ।

चीनमा एक एन्टरप्रेन्योर डेली झाओले यस्तो मिनि हेलिकप्टर ड्रोनको सहयोगमा बनाएका छन् । जसलाई उनले ओक्टोकोप्टर नाम दिएका छन् ।

१७० सेन्टिमिटर अर्थात ५.५७ फिट लामो यो ओक्टोकोप्टर कार्बन फाइबरबाट बनेको छ । यसमा ड्रोनका चार मोटर लगाईएको छ ।

हर एक मोटर १९ हजार वाटको पावर दिने गर्दछ । जसका कारण यो उड्न सक्षम भएको छ । ओक्टोकोप्टर बनाउने डेली झाओ भन्छन्, यो १३० किलोग्रामसम्मको तौल उठाएर उड्न सक्छ । यसको चारै तिर इलेक्ट्रिक डिभाइस रहेका छन् ।

जसले यसलाई दिशा, गति र उचाई निर्धारण गर्न सहयोग गर्दछ । उनका अनुसार ओक्टोकोप्टर उड्ने समय १५० किलोमिटरको नेगेटिभ लिफ्ट पैला गर्दछ । अर्थात् हावा उडेको बेला यसको तौल १५० किलोग्रम सम्म पुग्छ र यसको ब्यालेन्स बिग्रिँदैन ।

झाओ भन्छन्, यस मिसिनको माध्यमबाट शहरमा पुलिस पेट्रोलिंगमा मद्त मिल्नेछ । साथै अफ्ठेरोस्थितीमा राहत एवं बचाउ कार्य पुरा गर्न सक्रियता आउनेछ । साथै ट्राफिक जामबाट पनि मुक्ति मिल्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?