खुल्यो संसारकै पहिलो सुनको होटल !

काठमाडौं । एकातिर सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ भने केहि देशहरु विकास कार्यमा लागि परेका छन् ।

यस्तै एउटा घटना भियतनाममा पनि भएको छ । भियतनामको राजधानी हनोईमा एक भव्य सुनको होटल खोलिएको छ ।

 

ढोका, गेट, सजावटका सामानका साथै ट्वाईलेट समेत सुनका रहेका छन् । यो कति भव्य छ भन्ने कुरा त फोटोबाटै पनि थाहा पाउन सकिन्छ ।

यो होटलको नाम डोल्से हनोई गोल्डन लेक रहेको छ । यो संसारकै पहिलो सुनबाट बनेको लग्जरी होटल हो ।

यो होटलमा २५ तला छन् भने ४०० कोठा रहेका छन् । होटलको बाहिरी ढोकामा ५४ हजार वर्ग फिट गोल्ड प्लेटेड टाइल्स लगाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?