डेटिङ साइटले धनी ब्वाईफ्रेण्ड नखोजिदिएपछि कोर्ट गईन् महिला !

काठमाडौं । आजको समय चाँडै परिवर्तन भईरहेको छ । हरेक कुराका लागि लामो सम कुर्नुपर्दैन ।

एक कल वा म्यासेजको भरमा सामानहरु तपाईको घरमा आईपुग्छ । यसैक्रममा आफ्नो पार्टनरशीप खोज्न पनि अब अनलाइन डेटिङ एपको सहयोग लिन थालिएको छ । आज हामी एक महिलाको बारेमा तपाईलाई जानकारी गराउनेछौँ ।

इंग्ल्याण्डकी एक महिला डेटिङ साइटले धनी ब्वाईफ्रेण्ड नखोजिदिएपछि अदालत गएकी छन् । उनले हाईकोर्टमा केस गरेर लाखौँ रुपैयाँको क्षतिपूर्तिको माग गरेकी छन् ।

उनको केहि समय अगाडि सम्बन्ध बिच्छेद भएको थियो । जसकारण उनी डेटिङ एपको सहयोगबाट पार्टनर खोलिरहेकी थिइन् ।

उनले केहि समयसम्म पार्टनर खोज्न सकिनन् । त्यसपछि रुष्ट बनेकी उनले हाईकोर्टमा केस गरेर लाखौँ रुपैयाँको माग गरेकी छन् ।

dating

चेल्सियामा बस्ने तीन बच्चाकी आमा ४७ वर्षीया टेरेजा बुर्कीले २०१३ मा एक अनालाइन डेटिङ साइटको मेम्बरशपि लिएकी थिइन् ।

जसमा उनले १६ लाख रुपैयाँ खर्च गरिन् । तर भनेजस्तो पार्टनर नपाएपछि उनले केस गरेकी हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?