जब घरमा पालेको बिरालोका कारण ‘प्रेग्नेन्ट’ भईन् श्रीमती !

काठमाडौं । हामीले दिनहुँ जसो नै अचम्मका खबर सुन्दै र पढ्दै आईरहेका होलाउँ । यस्तै एउटा घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक पाल्तु बिरालोका कारण श्रीमती गर्भवती बनेको भन्दै एक व्यक्तिले अनौठो अभिव्यक्ति दिएका छन् ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमती गर्भवती हुनुको मुख्य कारण बिरालो भएको एक कपलले दाबी गरेको छ ।

वास्तवमा बिरालोले कण्डममा प्वाल पारिदिएको कारणले श्रीमती गर्भवती बनेकी एक व्यक्तिले बताएका छन् ।

लकडाउनमा गर्भवती भईन् श्रीमती

उक्त व्यक्तिले आफू एक बच्चाको पिता भएको बताएका छन् । उनीहरुले लकडाउनमा बच्चा जन्माउने कुनै प्लान नबनाए पनि बिरालोले कण्डममा प्वाल पारिदिएपछि श्रीमती गर्भवती भएको बताएका हुन् । बाथरुममा राखेको कण्डम प्वाल पारिदिएपछि गर्भ भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?