जसको मृत्यु भएको ६० वर्षपछि भयो अन्तिम संस्कार…

काठमाडौं । दैनिक जसो नै हामी अनौठा खबरहरु पढ्दै र सुन्दै आईरहेका छौँ । यस्तै एउटा अनौठो समाचार थाईल्याण्डको रहेको छ ।

थाइल्याण्डमा एक सीरियल किलरको ६० वर्ष पछि अन्तिम संस्कार भएको छ ।

६० वर्षसम्म म्युजियममा राखेपछि उनको अन्तिम संस्कार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सीरियल किलरको विषयलाई लिएर लामो समय यता थाईल्याण्डमा प्रदर्शन भईरहेको थियो । त्यहाँका मानिसहरुले त्यसरी उक्त लाश राख्दा देशको छविमा आँच आउने भन्दै प्रदर्शन गरेका थिए ।

जसपछि २३ जुलाईमा सी क्वेको ६० वर्ष पछि अन्तिम संस्कार गरिएको हो । बैंककका वौद्ध भिक्षुहरुले सी क्वेको अन्य जस्तै प्रार्थना गरेर अन्तिम संस्कार गरेका थिए ।

त्यो बेला केहि अस्पतालका कर्मचारी र स्थानीयहरु सहभागी बनेका थिए । उक्त सीरियल किलर बच्चाको हत्या गरेर खाने गर्दथे ।

उक्त व्यक्ति पहिला चीनको भएको र सन् १९४६ मा थाईल्याण्ड गएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?