काठमाडौं । आफ्नो शिकार क्षेत्रमा केहि खान नपाएपछि एक बाघले शहरमा पसेर गाईको शिकार गरेको छ ।

अहिले यसका फोटोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

भारतको उत्तराखण्डस्थित रामनगरको नजिक रहेको जिम कार्बेट नेशनल पार्कमा यो घटना भएको हो ।

खान केहि पनि नपाएपछि कोलाहल शहरमा पसेर बाघले गाईको शिकार गरेको हो ।

बस्ती नजिकै चरिरहेका गाईलाई बिहान ११ बजे नै बाघले आक्रमण गरेको दृश्य एक वाइल्डलाइफ फोटोग्राफर मुकेश यादवले क्यामेरामा कैद गरेका छन् ।

अहिले उक्त फोटोहरु अत्याधिक भाइरल बनिरहेका छन् ।

तीन साथीसँग आएको उक्त बाघले पहिला गाईलाई घेरेको र पछि आफ्नो शिकार बनाएको बताइएको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया