संसारमै सबै भन्दा बढी शेयर भयो यो तस्विर, आखिर किन ?

हुन त जोडीले आफ्नो मायाका पलहरु सोसल मिडियामा सेयर गरिरहन्छन् तर यो जोडीको भने लभ फोटोसुट तिब्र रुपमा भाइरल भइरहेको छ । यी अमेरिकी जोडीको फोटोसुट एक एजेन्सीले गरेको हो र यसलाई फेसबुकमा अपलोड गरियो जसलाई ८५ हजारले सेयर गरेका छन् ।के थियो यसको कारण ?यो एक अमेरिकी जोडी स्टेफनी र आर्नको फोटोसुट हो जसलाई ‘ब्रिया टेरी अफ वुल्फ एण्ड रोज फोटोग्राफी ले गरेको हो । यो जोडीको फोटोसुट फेसबुकमा हालेपछि यसले ६३ हजार लाइक पायो भने ८५ हजारले सेयर गरे । यसमा १० हजार कमेन्ट पनि आए ।कसैले युवतीलाई गाली पनि गरिरहेका छन्ःफोटोसुट गराउने युवती निकै मोटी छिन् भने युवक पातलो र स्मार्ट । यसै कारण कसलै यी युवतीको तारिफ गर्दै कन्फिडेन्ट भएर बोल्ड फोटोसुट गराइन् भनिरहेका छन् भने कतिले उनलाई यस्तो नराम्रो फिगर हुँदा हुँदा पनि यसलाई सार्वजनिक रुपमा किन सेयर गर्ने अनुमती दिइन् भन्दै नकारात्मक टिप्पणी पनि दिएका छन् ।   श्रोत ः रातोपाटी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?