अप्रेशन गर्दा डाक्टरले निलो वा हरियो रङकै कपडा किन लगाउँछन् ?

काठमाडौं । अस्पतालमा तपाईले डाक्टरले हरियो वा निलो रङको कपडा मात्रै लगाएको देख्नु भएको होला । यस्तो कपडा डाक्टरहरु मानिसको अप्रेशन गर्ने बेलामा मात्रै लगाउँछन् । तर तपाईले कहिल्यै यएस्तो कपडा कनि लगाउँछन् भनेर सोच्नु भएको छ ? यदि छैन भने आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

पहिला अस्पतालमा डाक्टरदेखि सबै कर्मचारी सेतो कपडा लगाउँथे । १९१४ मा एक प्रभावशाली डाक्टरले यस पारम्परिक ड्रेसलाई हरियो रङमा बदले ।

प्रतीकात्मक तस्वीर

त्यो बेला देखि यो चलन रहेको छ । तर केहि डाक्टर भने निलो रङको ड्रेस पनि लगाउँछन् । के तपाईले कहिल्यै याद गर्नुभएको छ, अस्पतालको झ्यालमा पनि हरियो रङकै पर्दा हुन्छ ।

यो बाहेक अस्पतालका कर्मचारीको कपडा र मास्क पनि हरियो वा निलो रङको नै हुन्छ । कारण के हो त ? यसको रहस्य आज हामी तपाईलाई बताउनेछौँ ।

टूडे सर्जिकल नर्सको १९९८ मा छापिएको एक रिपोर्टका अनुसार सर्जरीको समयमा डाक्टरले हरियो रङको कपडा लगाउन आँखालाई आराम देओस् भन्ने मनशायले शुरु गरेका थिए ।

प्रतीकात्मक तस्वीर

किनभने यो रङले आँखालाई आराम दिन्छ । किनभने हामी एकै रङ हेरिरहनाले छिटै थाक्छौँ । हाम्रो आँखा सूर्य वा अन्य कुनै रङलाई देखेर मात्र थकान कम भएको महशुस गर्छ ।

प्रतीकात्मक तस्वीर

वैज्ञानिकको दृष्टिकोणबाट हेर्ने हो भने, आँखाको जैविक निर्माण केहि यस प्रकारको भयो कि, रातो, हरियो र निलो रङ तत्काल देख्न थाल्यौँ । अन्य करोडौँ रङ कम मात्रै देख्न थाल्यौँ । सबै रङको तुलनामा हाम्रा आँखाले यी तीन रङ नै छिटो देख्न थाल्यो ।

प्रतीकात्मक तस्वीर

आँखाले रातो र पहेँलो रङ पनि धेरै छिटो देख्छ । तर ति रङहरुले आफूतिर ध्यान आकर्षण गर्दछ । त्यसैले डाक्टरहरुले अप्रेशनको बेलामा हरियो र निलो रङकै प्रयोग गर्दछन् ।

प्रतीकात्मक तस्वीर

अप्रेशन गर्दा रातो रगत देखपछि डाक्टरहरुलाई थकान महशुस हुन्छ । त्यसैले त्यो थकान मेटाउन उनीहरु हरियो वा निलो रङमा हेर्ने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?