काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ‘ का प्रमुख सामन्त कुमार गोयल दिल्ली फर्किएका छन् ।
बुधवार अपरान्ह नेपाल आइपुगेका उनी बिहीवार बिहान दिल्ली फर्किएका हुन् ।
गोयल केही घण्टाको लागि भन्दै नेपाल आएपनि बिहीवार बिहान आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।
उनले नेपालमा रहँदा पूर्वप्रधानमन्त्रीहरुसँग समेत भेट गरेको भन्ने आशंका गरिएको छ । उनले पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई भेटेको भन्ने तथ्य बाहिरिएको छ । तर दुवै नेताहरुले गोयलसँग भेट नभएको प्रष्ट पार्दै प्रचण्डको सचिवालयले विज्ञप्ति निकालेको छ ।
यो पनि
भारतीय रअका प्रमुख केही घण्टाको लागि नेपालमा
रअका प्रमुखसँग भेट भएको छैन : प्रचण्डको सचिवालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया