संसारकै सबैभन्दा अनौठो माछा, जसको एउटा दाँत नै एक किलो हुन्छ, मूल्य करोड बढी

काठमाडौं । हात्तीको मुखबाट बाहिर निस्किएका दुई दाँत बहुमूल्य मानिन्छ ।

मानिसहरु तिनै दाँतका लागि हात्तीको शिकार गर्छन् । यस्तै मानिसहरु स्पर्म ह्वेलको दाँतका लागि पनि त्यसको शिकार गर्दछन् ।

यसको शिकार मानिसहरु पैसाको साथै आफ्नो मनपरेको युवतीको विवाहका लागि पनि गनेृ गर्छन् ।

In Fiji, Nothing Says 'I Love You' Like a Sperm Whale Tooth - The New York Times

द्वीप समूह फिजीमा युवतीका पिता आफ्ना हुनेवाला ज्वाईसँग ह्वेलको दाँत माग्न सक्छन् । फिजीमा यस्तो प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

उक्त प्रचलन तबुआको नामबाट प्रचलित छ । द इन्डिपेन्डेन्टका अनुसार फीजिमा यो प्रथा १८ औँ शताब्दीदेखि चल्दै आएको छ ।

यो माछोका दाँत २० देखि २६ वटा हुन्छन् । हरेक दाँतको लम्बाई १० देखि २० सन्टीमिटरको हुन्छ । तर यसको हरेक दाँत एक किलो भन्दा धेरैको हुन्छ ।

यो माछा अब दुर्लभ भईसकेको छ । यसको मूल्य पनि करोडौँ रुपैयाँ भन्दा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?