पेरुको रेगिस्तानमा भेट्टियो २२ सय वर्ष पुरानो बिरालोको आकृति, लम्बाई १२१ फुट

काठमाडौं । पेरुको रेगिस्तानमा पुरातत्व विभागले लगभग २२ सय वर्ष पुरानो बिरालोको विशाल रेखाचित्र फेला पारेको छ ।

यो चित्रमा बिरालोको लम्बाई १२१ फुट रहेको छ । यो अनौठो रेखाचित्रको खोजि गरेको पुरातत्वविभागले पेरुकोनाज्का रेगिस्तानस्थित एक पहाडमा यस्तो आकृति फेला पारेको हो ।

सीएनएनका अनुसार नाज्का लाइन्स पेरुमा केहि साल यता संरक्षित छ । मानिसहरु यसलाई नाज्का संस्कृतिको विरासत मान्छन् ।

पहिला पनि केहि आकृति फेला परिसकेको तर बिरालोको आकृति भने अनौठो भएको बताइएको छ ।

पुरातत्व विभागका एक अधिकारीले बिरालोको यो आकृति २०० ईसाईपूर्वमा बनाइएको बताएका छन् ।

यो बिरालोको चित्र १२१ फुट लामो रहेको छ । त्यहाँ ३०० भन्दा धेरै फरक फरक आकृति पाइएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?