भूतसँग प्रेम गरेको यी महिलाको दाबी, अब चाहान्छिन् ब्रेकअप !

काठमाडौं । भूत हुन्छ वा हुँदैन, यसलाई लिएर कहिले काहीँ बहस भईरहन्छ । विज्ञानले भने भूत, प्रेत, आत्मा जस्त केहि नहुने बताएको छ । तर विश्वमा त्यस्ता मानिसहरु पनि छन्, जो यसमा विश्वास राख्छन् ।

तपाईले कहिल्यै मानिसले भूतसँग प्रेम गरेको भन्ने कुरा सुन्नु भएको छ ? यदि छैन भने आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

इंग्ल्याण्डकी एक महिला भूतसँग मात्रै प्रेम गरिनन् उनी विदेशमा छुट्टि मनाउन समेत गएको दाबी गरिन् । तर अब लामो समयससँग चलिरहेको उनीहरुको सम्बन्ध बिच्छेद गर्न ति महिला चाहान्छिन् ।

एमथिस्ट रीलम नाम गरेकी महिलाले भूतसँग आफ्नो सिरीयस रिलेशनहीप भएको दाबी गरेकी छन् । साथै उनले आफू भूतको बच्चाको आमा बन्न चाहेको पनि बताएकी छन् ।

उनले सन् २०१८ मा एक टिभी च्यानल शोमा अन्तर्वार्ताका क्रममा भूतसँग रोमान्टिक सम्बन्ध बनाएको बताएकी थिइन् ।

उनले बिदामा थाइल्याण्ड गएर फर्किएपछि भूतको व्यवहारमा परिवर्तन भएको र भूतको अन्य कोहिसँग प्रेम सम्बन्ध भएको बताउँदै अब सम्बन्ध बिच्छेद गर्न लागेको बताएकी हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?