ज्यान जोखिममा राख्दै २२ औँ तलामा यस्तो हर्कत (भिडियोसहित)

काठमाडौं । भाइरल बन्नका लागि अहिले मानिसहरु आफ्नै ज्यान पनि जोखिममा पार्न थालेका छन् ।

यस्तो गतिलो उदाहरण हालै मात्र भाइरल बनिरहेको एउटा भिडियोबाट थाहा पाउन सकिन्छ । यो भिडियो भारतको मुम्बईको रहेको बताइएको छ ।

भिडियोमा एक युवक बिल्डिङको २२ औँ तलाको छेउमा ह्याण्डस्टन्ड गरिरहेका छन् । अर्को व्यक्ति भने उनलाई रोक्नुपर्ने ठाउँमा भिडियो शूट गरिरहेका छन् ।

सोसल मिडियामा यो भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

यो भिडियो भाइरल बनेपछि पुलिसले भिडियो बनाउने मानिसको खोजी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?