बानेश्वर खुकुरी प्रहार प्रकरण : सुरक्षा गार्डले बोकेको खुकुरीले उनैलाई हानेर भागे अपरिचित

काठमाडौं । ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथी उनैले लिएको खुकुरी अपरिचित व्यक्तिले उनीमाथि प्रहार गरेको खुल्न आएको छ ।

बिहीवार दिउँसो काठमाडौंको मध्यबानेश्वरस्थित बैंकमा कार्यरत सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी झिकेर उनीमाथि प्रहार गरेको प्रहरीले जनाएको छ ।

दिउँसो बैंकमा लाईन बस्दा ग्राहकहरुबीच विवाद भएको र गार्डले बोकेको खुकुरी झिकि प्रहार गरिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारपछि भुईमा ढलेका गुरुङको हातमा चोट लागेको र उनको हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने बित्तिकै फरार रहेको ती अपरिचित व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ ।

यो पनि
ग्लोबल आईएमई बैंकका गार्डमाथी खुकुरी प्रहार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?