फ्रीजरमा राखिएको शव २० घण्टा पछि जीवित भएपछि…

काठमाडौं । धर्मशास्त्रमा त हामीले मृत्यु भएका मानिसहरु जीवित भएको कुरा सुनेका नै हौँला । तर साँच्चिकै नै भारतको चेन्नईमा मृत्यु भयो भनेर फ्रीजरमा राखिएको एक शव २० घण्टापछि जीवित भएको छ ।

चेन्नईमा एक वृद्धलाई मृत घोषित गरेर फ्रीजर बक्समा समेत राखिएको थियो ।

मृत्युको खबर पछि जब नातेदार शव लिनको लागि अस्पताल पुगेर फ्रीजर बक्स खोल्दा श्वास फेरिरहेको फेला पारे ।

त्यसपछि वृद्धालाई शहरको सरकारी अस्पतालमा भर्ना गरिएको थियो । पुलिसका अनुसार ७० वर्षीया छोटे भाई सरवननको जीवनमा यस्तो घटना भएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?