जुत्ता किन्नको लागि आफ्नै छोरीलाई बेचिन् यी महिलाले !

काठमाडौं । एक आमाले नयाँ जुत्ता किन्नको लागि आफ्नै छोरीलाई बेचेकी छन् ।

उनले नयाँ जुत्ता किन्न भन्दै ब्ल्याक मार्केटमा आफ्नी छोरीलाई बेचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

२५ वर्षीया आमाले गरेको उक्त कार्य प्रहरीले सबै क्यामेरामा कैद गरेको बताइएको छ । यो घटना रुसको रहेको छ ।

द सनको रिपोर्टका अनुसार २५ वर्षीया महिला लुइजाले यस्तो हर्कत गरेकी हुन् । उनले नयाँ जुत्ता किन्नको लागि २.८५ लाखमा आफ्नै छोरीलाई बेचेकी हुन् ।

उनलाई समात्नको लागि एक पुलिस अधिकारी क्रेता बनेर पुगेका थिए । त्यसपछि उनलाई अहिले प्रहरीले गिरफ्तार गरेर अनुसन्धानबाट कारवाही थालेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?