१०० किलोको कछुवा जब समुन्द्रको किनारमा देखियो !

काठमाडौं । हामी सबैले प्रकृतिमा नोक्शान पुर्याइ नै रहेका हुन्छौँ । सरकारले पनि प्लास्टिक जस्ता चिजहरुको प्रयोग कम गर्न बताइरहेको हुन्छ । तर हामी लुकेर त्यस्ता कुराहरुको प्रयोग गरिरहेका हुन्छौँ ।

यसको असर भने प्रकृतिमा रहेका अन्य जीवजन्तुमा पर्दछ । एउटा यस्तै तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

भारतको तमिल्नाडूको रामेश्वरमा एउटा कछुवा समुन्द्र किनारमा फोहोरमा फसेको तस्वीर अहिले भाइरल बनिरहेको हो ।

100 kg turtle

१०० किलोको उक्त कछुवालाई पछि मानिसहरुले समुन्द्रमा छोडेका थिए । समुन्द्रको छालले किनारमा आएको कछुवा फोहोरबाट चटपटाउन सकेको थिएन । त्यसपछि मानिसहरुले त्यसलाई समुन्द्रमा लगेर छोडेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?