विवाद टर्‍यो : नेकपाले कर्णाली प्रदेश कमिटिका पदाधिकारीलाई काठमाडौं बोलायो

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न प्रदेश कमिटिका पदाधिकारीलाई काठमाडौं बोलाएको छ ।

आज (मंगलबार) दिउँसो पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माबीच भएको छलफलबाट सबै पदाधिकारीलाई छलफलका लागि काठमाडौँ बोलाउने निर्णय गरेको हो ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएको जानकारी अनुसार उनीहरुलाई बिहीबार काठमाडौ आउन पत्रमा भनिएको छ।

नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन् भने सह इन्चार्ज यमलाल कँडेल हुन् । तिनले नै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध दलको नेताबाट हटाउन अविस्वास प्रस्ताव ल्याउने नेतृत्व गरेका थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली विवादलाई अराजनैतिक गतिविधिको संज्ञा दिँदै कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्तत असफल भएको बताएको छ ।

प्रचण्डको स्वकीय सचिव गंगा दाहालले आज (मंगलवार) सामाजिक सञ्जालमार्फत् कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्तत: असफल भएको छ। पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भुमिका खेल्नुहुने सम्पुर्ण कमरेडहरुलाई बधाई छ, भनेकी छिन्।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् : 

नेकपा कर्णालीको सचेतकमा माधव नेपाल समूहका कुर्मराज शाही नियुक्त 

ओली प्रचण्ड छलफलमा, मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिनसक्ने !

मुख्यमन्त्रिमाथिको अविश्वासको प्रस्तावबाट नेपाल समूह बाहिरियो

ओली – प्रचण्ड वार्ता लगत्तै बालुवाटार पुगे पौडेल र शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?