नेकपा कर्णालीको सचेतकमा माधव नेपाल समूहका कुर्मराज शाही नियुक्त

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकमा सांसद कुर्मराज शाही नियुक्त भएका छन् ।

मंगलवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटबाट निर्वाचित सांसद कुर्मराजलाई रिक्त रहेको पदमा नियुक्त गरेका हुन् ।

सोमवार पार्टीको प्रदेश सचेतक गुलावजंग शाहलाई हटाएसँगै सचेतक सीता नेपालीलाई जिम्मेवारी दिइएको थियो । नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएसँगै रिक्त रहेको सचेतक पदमा शाहीलाई नियुक्ती गरिएको हो ।

उनी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल समूहका हुन् । मुख्यमन्त्री शाहीमाथिको अविश्वासको प्रस्तावबाट बाहिरिएसँगै सहमती अनुसार उनलाई सचेतक पदमा नियुक्त गरिएको हो ।

यो समाचार पढ्नु भएको थियो ?

ओली प्रचण्ड छलफलमा, मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिनसक्ने !

मुख्यमन्त्रिमाथिको अविश्वासको प्रस्तावबाट नेपाल समूह बाहिरियो

ओली प्रचण्ड वार्ता लगत्तै बालुवाटार पुगे पौडेल र शर्मा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?