१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । ओखलढुङगामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-६ बस्ने ५१ वर्षीय सनमान थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापाले ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बरुणेश्‍वर रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?