फ्रान्समा लकडाउनको तयारी शुरु

काठमाडौं । फ्रान्समा फेरि लकडाउनको तयारी थालिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पुनः लकडाउनको तयारी थालिएको हो ।

तीन हप्तामा तीन लाख भन्दा धेरै संक्रमित देखा परेपछि सरकारले फेरि लकडाउन गर्न लागेको बताइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले होटल, रेष्टुरेण्ट र बार बन्द गर्न निर्देशन दिएको छ ।

इटली के वेटिकन सिटी में मौजूद गार्ड्स को भी मास्क पहनने को कहा गया है। यहां पोप फ्रांसिस रहते हैं। इटली में संक्रमण की दूसरी लहर को देखते हुए नए प्रतिबंध लगाए जाने की तैयारी है।

फ्रान्समा हालसम्म ३२ हजार ७७९ जनाको मृत्यु भएको छ भने ७ लाख ४३ हजार ४७९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ लाख ८२८ जना संक्रमण मुक्त भएका छन् भने ६लाख ९ हजार ८७२ जना उपचाररत छन् । त्यस्तै १ हजार ४४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?