काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन लामो समयपछि सार्वजनिक रुपमा देखिएका छन् ।
गत शनिवार उत्तर कोरियाको राजधानी प्योंगयांगमा उनले एक सैन्य परेडको अध्यक्षता ग्रहण गरेका थिए ।
उक्त कार्यक्रममा परमाणु सशस्त्र देश उत्तर कोरियाले आफ्नो नयाँ र सबैभन्दा अत्याधुनिक हतियारको प्रदर्शन गरेका थिए ।
यसमा नयाँ अन्तरमहाद्वीप्यि ब्यालेस्टिक मिसाइल पनि थियो । उनले उक्त कार्यक्रममा मास्क लगाएका थिएनन् ।
यो आयोजना उत्तर कोरियाको सत्ताधारी वर्कर्स पार्टीको ७५ औँ वर्षगाँठमा भएको थियो ।
उक्त कार्यक्रममा उनले उत्तर कोरियामा हालसम्म कोरोना संक्रमित नरहेको बताएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया